त्रिवेणी (रुकुमपश्चिम)। रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँमा ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको खुकुरी प्रहार गरी हत्या गरेका छन्। गए राति यो घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार, घटनालगत्तै प्रहरीले घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिएको छ।