arrow

यस वर्ष ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रमण हुनसक्ने आँकलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
dengue--ji-ha.jpeg

काठमाडौँ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष नेपालमा ६० हजारभन्दा बढीमा डेंगी सङ्क्रमण हुनसक्ने आँकलन गरेको छ। महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगी फैलने समय आएकोले जुनसुकै बेला र जुनसुकै ठाउँमा पनि सङ्क्रमण तीव्र गतिमा फैलिन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।

डा. दाहालका अनुसार, साउनदेखि कात्तिक अन्तिमसम्म डेंगी सङ्क्रमण अत्यधिक बढ्ने उच्च जोखिम छ। हालसम्म देशभरका ७३ जिल्लाबाट करिब १ हजार ६ सय डेंगी सङ्क्रमण पुष्टि भएको छ। तर, बिरामीमा लक्षण नदेखिने, डेंगी परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले डेंगी सङ्क्रमणको वास्तविक तथ्याङ्क कम देखिएको उनको भनाइ छ।

महाशाखाले डेंगी संक्रमण बढ्ने अनुमान गरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको बताएको छ। डेंगी नियन्त्रणका लागि स्थानीय तहको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने भन्दै, स्थानीय तहहरूसँग पनि आवश्यक समन्वय र सहकार्य भइरहेको डा. दाहालले जानकारी दिए।

डेंगीबाट बच्न घर वरिपरिको सरसफाइमा ध्यान दिन, पानी जम्न नदिन र व्यक्तिगत सुरक्षाका उपायहरू अपनाउनु आवश्यक छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ