बाटो त उस्तै देखिन्छ
तर
हरेकका लागि फरक हुन्छ
कसैको सिधा
कसैको घुमाउरो
कसैको सजिलो
कसैको निकै नै कठोर
चप्पल घिश्रिए नि
पाइला थाक्नु हुँदैन
मनमा लक्ष्य छ भने
कुनै सपना टाढा हुँदैन
कहिले उकालो
कहिले ओरालो
जीवनको सबै मोडमा हुन्छ
कहिलेकहीँ
अप्ठ्यारो बाटोले सिकाउँछ
एक्लै हिंड्न
र
मुस्कुराउन
कहिले आँसुमा नुहाएर
कहिले हर्षले भिजाएर
थाहा छ
गन्तव्य टाढा छ
तर
हिँडिरहने
हर पाइलामा
केही नयाँ सिक्ने हो
आफू हिँड्नु पर्छ
डर नमानी
हिन्दै जाँदा
बाटो त बनिहाल्छ नि ।