arrow

नेपाल उद्योग परिसंघको अध्यक्षमा पाण्डे निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
birendra-raj-panday.jpg

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । परिसंघको २२औँ साधारणसभाले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । पाण्डे यसअघि वरिष्ठ उपाध्यक्ष थिए । पिरसंघकाे विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । 

यसैगरी परिसंघको राष्ट्रिय परिषद् सदस्यमा गोपालकुमार अग्रवाल, मिलनबाबु मल्ल, परासी अग्रवाल, राहुलकुमार अग्रवाल, वरुणकुमार तोदी, दीपककुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाणकुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानीया, अमितकुमार बेगानी, गौरव शारडा, दिलिप अग्रवाल, यश अग्रवाल, सन्दीप शारडा, राजीव गुप्ता निर्वाचित भए ।

यसैगरी सञ्जीव न्यौपाने, हेमराज ढकाल, अनुराग गोयल, ध्रुब रिजाल, संजय गोल्छा, वर्षा श्रेष्ठ, राजबहादुर शाह, विदूषी राणा, लक्ष्मीप्रसाद सुवेदी, आशिष जजोडिया, पम्फा धमला, मनिषकुमार खेम्का, आशिष गर्ग, सेवा पाठक, गोकुल भण्डारी, वसन्तबहादुर चन्द, चन्द्र टण्डन पनि सदस्यमा निर्वाचित भएका छन् । 

यसैगरी कोशी प्रदेशबाट निवर्तमान अध्यक्ष भीम घिमिरे, मधेश प्रदेशका अध्यक्ष प्रमोद साह, बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, गण्डकी प्रदेशबाट अध्यक्ष विनोद न्यौपाने, लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, कर्णाली प्रदेशका अध्यक्ष छत्र शाही र सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठ राष्ट्रिय परिषद् सदस्य बनेका छन् । 

यस्तै मकवानपुर उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे, नवलपुर उद्योग संघका अध्यक्ष केबी राना, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा र पोखरा औद्योगिक क्षेत्र उद्योग संघबाट रुद्र श्रेष्ठ पदेन राष्ट्रिय परिषद सदस्य भएका छन् ।   

निर्वाचित राष्ट्रिय परिषद सदस्यबाट परिसंघको वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् भने उपाध्यक्षमा राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी छन् । परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दीप शारडा, विदूषी राणा र प्राची अग्रवाल मनोनित भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ