arrow

मोदी पाँच देशको भ्रमण सकेर फर्के, चार देशबाट सर्वोच्च सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
modi-lula-brazil-president.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँच देशको भ्रमण गरी फर्किएका छन् । उनलाई पाँचमध्ये चार देशले त उक्त देशको सर्वोच्च सम्मान प्रदान गरेका छन् । 

उनी गत जुर्ला २ देखि ९ जुलाईसम्म पाँच देशको भ्रमणमा रहेका थिए । उनी आठ दिनको विदेश भ्रमणपछि बिहीबार स्वदेश फर्केका छन् । 

घानाबाट शुरु भएको उनको विदेश भ्रमण नामिबिया आएर टुंगिएको थियो । सो क्रममा उनी घाना, त्रिनिडाड एन्ड टोबागो, अर्जेन्टिना, ब्रजिल र नामिबिया गएका थिए । 

उनको तीन अफ्रिकी देशहरु घाना, ट्रिनिडाड एन्ड टोबागो र नामिबियाको भ्रमण ग्लोबल साउथका लागि सशक्त भएको दाबी गरिएकोक छ । 

उनको घाना भ्रमण कुनै पनि भारतीय प्रधानमन्त्रीले तीस वर्षमा गरेको यो पहिलो भ्रमण थियो । 

मोदीले अहिलेसम्म २७ देशबाट त्यहाँको सर्वोच्च सम्मान प्राप्त गरेका छन् । उनी सबैभन्दा धेरै सर्वोच्च सम्मान पाउने पहिलो भारतीय प्रधानमन्त्री हुन् । 

उनले सन् २०१४ देखि भारतको प्रधानमन्त्रीको कुर्सी सम्हालिरहेका छन् । उनी लगातार तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । 

उनको प्रख्याति विश्वभर छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ