arrow

राष्ट्रिय जनसंख्या नीति सार्वजनिक: घट्दो प्रजनन दर र बढ्दो ज्येष्ठ नागरिक जनसंख्या चिन्ताको विषय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २७ शुक्रबार
health-index.jpg

काठमाडौं। नेपालमा राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यो नीति सार्वजनिक गरिएको हो।

राष्ट्रिय जनसंख्या २०७८ अनुसार, नेपालको जनसंख्या वृद्धिदरमा उल्लेखनीय कमी आएको छ। २०६८ मा १.३५ प्रतिशत रहेको वृद्धिदर हाल ०.९२ प्रतिशत मा झरेको छ। यसका साथै, हिमाली क्षेत्रसहित ३४ जिल्ला र ३१९ स्थानीय तहमा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको पाइएको छ, जुन जनसांख्यिक परिवर्तनको गम्भीर सङ्केत हो।

प्रजनन दर पनि प्रतिस्थापन तहभन्दा तल झरेको छ। सामान्यतया जनसंख्या प्रतिस्थापनका लागि २.१ हुनुपर्नेमा नेपालको प्रजनन दर १.९३ मा सीमित भएको छ। यसले भविष्यमा युवा जनसंख्या घट्दै जाने र कार्यशील जनसंख्यामा ह्रास आउने सम्भावना बढाएको छ।

जनसंख्याको उमेर संरचनामा पनि परिवर्तन देखिएको छ। हाल ज्येष्ठ नागरिक (६० वर्षभन्दा माथिको) जनसंख्या १०.२१ प्रतिशत पुगेको छ, जबकि १५–५९ वर्ष उमेर समूहको कार्यशील जनसंख्या ६१.९ प्रतिशत रहेको छ।

जन्मका क्रममा लैङ्गिक अनुपातमा पनि असन्तुलन देखिएको छ, जहाँ प्रत्येक १०० बालिकाको जन्ममा ११४ बालकको जन्म हुने गरेको तथ्यांकले देखाउँछ। यो असन्तुलनले भविष्यमा सामाजिक तथा जनसांख्यिक समस्या निम्त्याउन सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ