एनआईसी एसिया र ईस्टपबीच सम्झौता, ग्राहकहरूलाई रेस्टुरेन्टमा १० प्रतिशत र चार्जिङ स्टेसनमा ५ प्रतिशत छुट
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
363
Shares
काठमाडौँ। एनआईसी एसिया बैङ्क र ईस्टप नेपाल प्रालिबीच यस बैङ्कका ग्राहकहरूलाई रेस्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ। यस सम्झौतापछि यस बैङ्कका ग्राहकहरूले ईस्टप नेपालले उपलब्ध गराएको रेस्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।
ईस्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेस्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरूमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सकिने छ। ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैङ्क एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सकिने छ।
दी गो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ईस्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवर्द्धनमा समेत टेवा पुग्ने बैङ्कले विश्वास लिएको छ।