लाइन जडान गर्ने क्रममा करेन्ट लागेर शिशिरको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
814
Shares
रुकुम पश्चिम । रुकुम पश्चिमका एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बिहान विद्युत् लाइन जडान गर्ने क्रममा आठविसकोट नगरपालिका-११ चौरका १९ वर्षीय शिशिर चन्दको घटनास्थलमै मृत्यु भएको हो ।
जाजरकोटको नलगाड नगरपालिका-४ घ्वारामा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर चन्दको मृत्यु भएको वडा आठविसकोट-११ का वडाध्यक्ष प्रेमबहादुर पुनले जानकारी दिए ।
उनका अनुसार चन्दको शव पोष्टमार्टनको लागि नलगाड नगर अस्पतालमा राखिएको छ । मृतकका आफन्त, वडा अध्यक्षलगायतको टोली घटनाको विषयमा इलाका प्रहरी कार्यालय नलगाडमा छलफल गरिरहेको बताएको छ ।
छलफल पश्चात पीडित पक्षबीच सहमति भएपछि शवको परीक्षण गरिने वडाध्यक्ष पुनले बताए ।