-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ ।
सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँका कारोबार भएको सुन मंगलबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
असली चाँदीको भाउ घटेको छ । चाँदी प्रतितोला दुई हजार दुई सय ७५ रुपैयाँ कायम भएको छ ।
चाँदी सोमबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।