arrow

दुई विधेयक प्रमाणीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
sumitra-subedi-bhandari-mad.jpg

धनुषा । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ अनुसार उनले ‘मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२/८३ का लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेकी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ