arrow

देवघाटधाममा साउने र बोलबम मेला शुरु, भक्तजनको घुइँचो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
devghat-bath-81-10-30.jpg

नारायणगढ (चितवन)। चितवनको देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ। साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिने हुँदा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। आजबाटै बोलबम मेला पनि प्रारम्भ भएको छ।

देवघाटमा भक्तजनहरूले स्नान गरी शिवालयमा जल चढाउने र शिवको आराधना गर्ने गर्छन्। देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार, साउन महिनाभर करिब पाँच लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ। विशेषगरी सोमबारका दिन अधिक भक्तजन आउने अपेक्षा गरिएको छ।

भक्तजनको भीडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको बरालले बताए। साउन महिनामा स्नान गरी व्रत बसेर देवघाटको जल र बेलपत्रले शिवको पूजा-आराधना गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ