एनआईसी एशिया बैङ्कका सञ्चालक रामचन्द्र संघईलाई सीआईपीबाट सम्मानित
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
347
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्कका सञ्चालक रामचन्द्र संघईलाई नेपाल सरकारले प्रदान गर्ने महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन्। मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्याएको भन्दै नेपाल सरकारले मिति २०८२ आषाढ ३२ गते उनलाई सम्मान गरेको हो। नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विशेष व्यक्तिहरूलाई उक्त सम्मान प्रदान गर्दै आएको छ।
मुलुकको आर्थिक विकासमा विशेष योगदान गरी नेपाल सरकारले प्रदान गर्ने सीआईपी जस्तो महत्त्वपूर्ण सम्मानबाट सुशोभन भएकोमा सञ्चालक रामचन्द्र संघई प्रति बैङ्कको तर्फबाट बधाई व्यक्त गरेको छ।