arrow

विश्वकप कबड्डी खेल्ने महिला टोलीको बिदाई [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
kabaddi-women-nepal-82-4-2.jpg

काठमाडौँ । दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ । टोली १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ । 

प्रतियोगिता अगस्त ३ देखि १० तारिखसम्म हरियाणाको मोरमाजरामा हुनेछ । खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन् ।

प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् । प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानीय ५ क्लबसँग अभ्यास खेल पनि खेल्ने छ ।

एसियाका ४७ राष्ट्र मध्येबाट विश्व वरीयतामा तेश्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड सहभागी हुने छन् ।

विश्वकपको दोश्रो संस्करण १३ वर्षपछि हुन लागेको हो । पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको बताउदै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताए ।

निर्देशक विष्टले देशका लागि केही गर्छु भन्ने भावनाका साथ प्रतिस्पर्धा गर्न बताउदै पदक जितेर आउन शुभकामना दिए ।

प्रशिक्षक भट्ट र कप्तान मानमतिले ८ महिनाको बन्द प्रशिक्षणले तयारी राम्रो भएको बताउदै पदक जित्नेमा आशावादी रहेको बताए ।
 

kabaddi-women-82-4-2 (19).jpg
kabaddi-women-82-4-2 (18).jpg
kabaddi-women-82-4-2 (17).jpg
kabaddi-women-82-4-2 (16).jpg
kabaddi-women-82-4-2 (15).jpg
kabaddi-women-82-4-2 (14).jpg
kabaddi-women-82-4-2 (13).jpg
kabaddi-women-82-4-2 (12).jpg
kabaddi-women-82-4-2 (11).jpg
kabaddi-women-82-4-2 (10).jpg
kabaddi-women-82-4-2 (9).jpg
kabaddi-women-82-4-2 (8).jpg
kabaddi-women-82-4-2 (7).jpg
kabaddi-women-82-4-2 (6).jpg
kabaddi-women-82-4-2 (5).jpg
kabaddi-women-82-4-2 (4).jpg
kabaddi-women-82-4-2 (3).jpg
kabaddi-women-82-4-2 (2).jpg
kabaddi-women-82-4-2 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ