arrow

समितिमा गृहमन्त्री

देशको शान्ति सुरक्षाको अवस्था ठीक छ: गृहमन्त्री लेखक [भिडियो]

मुलुकमा शान्ति सुरक्षा सुनिश्चित गर्ने र नागरिकको जिउधनको रक्षा गर्ने काममा निरन्तर लागिरहेको

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
lekhak-04.jpg

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ’ठीक’ रहेको बताएका छन्। उनले शुक्रबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै यस्तो भनाइ राखेका हुन्।

गृहमन्त्री लेखकले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षा सुनिश्चित गर्ने र नागरिकको जिउधनको रक्षा गर्ने काममा निरन्तर लागिरहेको बताए। उनका अनुसार, अपराधको न्यूनीकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानुनबमोजिम सजाय गर्ने काममा पनि गृह प्रशासनले सक्रियतापूर्वक काम गरिरहेको छ।

लेखकले शान्ति सुरक्षाको स्थिति अहिले अनुकूल रहेको दाबी गर्दै भने, "मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था ठीक छ। हाम्रो गृह मन्त्रालयको जिम्मेवारीमा पहिलो जिम्मेवारी भनेकै मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने कुरा हो। नागरिकको जिउ र धनको सुरक्षा गर्ने हाम्रो पहिलो जिम्मेवारी हो।" उनले थपे, "अपराधको न्यूनीकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानुनबमोजिम सजाय गर्ने अर्को जिम्मेवारी हो।"

गृहमन्त्रीले मुलुकमा सुशासन स्थापना गर्ने, संविधान र कानुनको कार्यान्वयन गर्ने गराउने लगायतका विपद् व्यवस्थापनको काम गृह मन्त्रालयका निरन्तर काम रहेको र आफूहरूले त्यो गरिरहेको बताए। उनले एक वर्षअघिको स्थितिको तुलनामा शान्ति सुरक्षा राम्रो रहेको दाबी गरे। "अपराध नियन्त्रण गर्ने कुरामा हामी निरन्तर लागिरहेका छौँ। अपराध भइसकेपछि अपराधीलाई कानुनी दायरामा ल्याउने कुरामा हाम्रा सुरक्षा निकायहरूले राम्रोसँग काम गरिरहेका छन्। पछिल्लो समयमा हजुरहरूले हेर्नुभयो भने धेरै पुरानो पुरानो अपराधमा पनि संलग्न भएर फरार भएका मानिसहरू पक्राउ परेका छन्," उनले भने।

गृहमन्त्री लेखकले लागूपदार्थको न्यूनीकरण, नियन्त्रण, निषेध गर्ने कुरामा सबै मिलेर जानुपर्ने आवश्यकता रहेको बताए। उनले सडक दुर्घटनाको नियन्त्रण पनि जरुरी रहेकोमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ