एनआईसी एशिया बैङ्क र ओम हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य
ग्राहकहरूलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुट उपलब्ध
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
550
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्क र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच यस बैङ्कका ग्राहकहरूको स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै अब यस बैङ्कका ग्राहकहरूले ओम हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ। उक्त सम्झौता पत्रमा यस बैङ्कका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र ओम हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतज्यूले हस्ताक्षर गरेका छन्।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैङ्क एपमार्फत भुक्तानी गर्नुपर्ने छ। यस बैङ्कले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सशक्त रूपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरूप ओम हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरूको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।