arrow

एनआईसी एशिया बैङ्क २८ औँ वर्षमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
nic-asia-bank-28th-anniversary-2082.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्कले आफ्नो स्थापनाको २८ औँ वार्षिकोत्सव मनाएको छ। बैङ्कले “बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने नारासहित ग्राहकहरूमाझ विशिष्ट पहिचान बनाउँदै आइरहेको छ।

वार्षिकोत्सवको अवसरमा बैङ्कले आफ्ना ग्राहक, नियामक निकाय, शेयर धनी, कर्मचारी र अन्य सरोकारवालाप्रति आभार व्यक्त गर्दै उनीहरूको निरन्तर समर्थनकै कारण आफू मुलुककै सबैभन्दा सहज, सबल, गतिशील र विश्वसनीय बैङ्क बन्न सफल भएको उल्लेख गरेको छ।

डिजिटल फस्ट बैङ्क बन्ने अभिप्रायले अघि बढिरहेको बैङ्कले भौतिक उपस्थितिलाई समेत मजबुत बनाउँदै देशभर ३६० शाखा, ६७० एटिएम, ११६ एक्सटेन्सन काउन्टर र ४२ शाखारहित बैङ्किङ सेवा मार्फत लाखौँ ग्राहकहरूसँग सम्पर्क कायम राखेको छ।

वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले एनआईसी एशिया बैङ्कले मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लामा समेत शाखा विस्तार गरिसकेको छ। डिजिटल भुक्तानी प्रणालीलाई अझ सशक्त बनाउँदै बैङ्कले उत्तरदायी बैङ्किङ अभ्यासमार्फत देशको आर्थिक वृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएको छ।

आगामी दिनहरूमा ग्राहक अनुभवलाई अझ सुदृढ बनाउने उद्देश्यले विश्व स्तरीय, अत्याधुनिक र प्रविधिमैत्री सेवा प्रदान गर्दै पहिलो रोजाइको बैङ्क बन्ने लक्ष्य बैङ्कले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ