यी हुन् एसएसपीमा बढुवाका लागि सिफारिस भएका एघार एसपी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
930
Shares
काठमाडौँ। नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ।
गृह मन्त्रालय, बढुवा समिति सचिवालयको सोमबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फका यी एसपीहरूलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।
बढुवा सिफारिस हुने एसपीहरूमा तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधि ज्ञवाली, दीपक पोखरेल, प्रवीण धिताल, राजीव बस्नेत, दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्रप्रसाद फुयाल रहेका छन्।
उनीहरूलाई प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य–सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन्।