एनआईसी एशिया बैङ्क र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य
डिजिटल भुक्तानीमा १५ प्रतिशतसम्म छुट
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
308
Shares
काठमाडौँ। एनआईसी एशिया बैङ्क र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिबीच यस बैङ्कका ग्राहकहरूको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै अब यस बैङ्कका ग्राहकहरूले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।
ग्राहकहरूले शल्यक्रिया प्रक्रियाहरूमा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, माइनर इन्भेस्टिगेसन र अप्टिकल/लेन्समा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकहरूले ओपिडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सकिने छ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैङ्क एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
यस बैङ्कले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सशक्त रूपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरूप एएसजी आई केयर एण्ड हेल्थ सर्भिससँगको यस सहकार्यले ग्राहकहरूको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ।