पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका जनक हुन्: उपाध्यक्ष भुसाल
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
486
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष वेदुराम भुसालले पुष्पलाल श्रेष्ठलाई नेपालको कम्युनिष्ट आन्दोलनको जनक भएको बताएका छन्। बुधवार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुष्पलालको योगदान अतुलनीय रहेको बताए।
उपाध्यक्ष भुसालका अनुसार, नेपालमा मार्क्सवादको प्रवेश गराउने र त्यसको नेपाली भाषामा व्याख्या गर्ने पहिलो व्यक्ति नै पुष्पलाल हुन्। उनले भने, "कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको पिता, नेपाली कम्युनिष्ट आन्दोलनका जनक भनेर बुझ्नुपर्छ। उहाँको योगदानका आधारमा हामीले मूल्यांकन गर्नुपर्छ।"
उपाध्यक्ष भुसालले पुष्पलालले सुरु गरेका केही महत्त्वपूर्ण कामहरू आज पनि अधुरा रहेको बताए। मुलुकलाई समाजवादमा पुर्याउने उनको लक्ष्य र नेपाली समाजको इतिहास नयाँ ढंगले लेख्नुपर्छ भन्ने उनको सोच अझै पूरा हुन नसकेको उनको भनाइ थियो।