arrow

एनआईसी एशिया बैङ्क र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य

ग्राहकहरूलाई डिजिटल भुक्तानीमा २० प्रतिशत छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
nic-asia-bhaktapur-international-hosptail-mou.jpg

काठमाडौँ। एनआईसी एशिया बैङ्क र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच यस बैङ्कका ग्राहकहरूको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै अब यस बैङ्कका ग्राहकहरूले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैङ्क एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

यस बैङ्कले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सशक्त रूपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरूप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरूको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैङ्कले विश्वास लिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ