आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा छ: उपप्रधानमन्त्री सिंह
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
412
Shares
महोत्तरी । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्तरिकद्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन्।
नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र हाल नेपाली कांग्रेस पार्टी भित्रै द्वन्द्व बढेको कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको प्रष्ट्याए।
उनले पार्टीभित्रै एक अर्काभित्र आरोप प्रत्यारोप र हिलो छ्याप्ने कामले सङ्गठन कमजोर हुँदै गएको र यसको प्रत्यक्ष असर सङ्घीय लोकतान्त्रिक व्यवस्थामा पर्ने औँल्याउँदै यस्तो परिस्थितिमा आजको आवश्यकता पार्टीलाई बलियो बनाउनु रहेको बताए।
उपप्रधानमन्त्री सिंहले अहिले पार्टीका सबै नेता कार्यकर्ताले सङ्गठन सुदृढीकरण तथा सहकार्य र समन्वयमा पार्टीलाई बलियो बनाउँदै लैजानुको विकल्प नरहेको बताए।
नेता सिंहले मधेसमा अहिले खानेपानी र सिँचाइको हाहाकार रहेकाले यसको लागि सङ्घीय सरकारले ठोस कदम चाल्ने निर्णय गरिसकेको र कुनै न कुनै वैकल्पिक उपाय निकालिने बताए।