arrow

एनआरएनए बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
nrna-bilayat.jpg

बेलायत । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। गए राति सम्पन्न मतगणना अनुसार उनले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गरे।

पुडासैनीले १,४८२ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भए। उनका प्रतिस्पर्धी खरेलले ९७७ मत र खत्रीले ४९६ मत प्राप्त गरेका थिए।

अन्य पदहरूमा पनि निर्वाचन सम्पन्न भएको छ। उपाध्यक्षमा उज्ज्वल कार्की, डा. रक्षा थापा र रामप्रसाद कँडेल विजयी भएका छन् भने महासचिवमा दिवाकर पाण्डे निर्वाचित भएका छन्। खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटा विजयी भएका छन्। सदस्यमा विष्णु खरेल र छविलाल अर्याल चयन भएका छन् भने इङ्ग्ल्यान्ड राज्य परिषद् अध्यक्ष पदमा राममाया विष्ट थापा विजयी भएकी छन्।

नवनिर्वाचित अध्यक्ष पुडासैनीले संस्थालाई 'महसुस गर्न सकिने, खोज्दा भेटिने र देखिने' बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको जानकारी दिए। उनले भने, “तल्लो तहसम्म पुग्ने अभियान हामीले आजैदेखि सुरुआत गरेका छौँ। हामी जहाँ भए पनि नेपाली भएर बाँच्न परोस्, नेपालको राष्ट्रिय गीतले भनेझैँ सबै नेपाली एउटै सयौँ थुँगा फूलका एउटै माला बनेर एक हुन सक्नुपर्छ।” उनले सबै बेलायतवासी नेपालीलाई एकताबद्ध गर्ने आफ्नो पहिलो कार्ययोजना भएको पनि जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ