arrow

भूमिसम्बन्धी विधेयकमा किचलो गर्ने ठाउँ छैन: मन्त्री अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
adhikari-mantri.jpg

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा किचलो गर्ने ठाउँ नरहेको बताएका छन्।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अधिकारीले विगतमा जग्गा वितरण प्रक्रियामा भएका कमजोरी र अनियमितताको आधारमा विधेयकको गलत व्याख्या भइरहेको स्पष्ट पारे। उनले विगतमा भूमि वितरणमा गलत काम भएको उल्लेख गर्दै त्यसको सुधार गर्न विधेयक ल्याइएको बताए। विगतका कमजोरी सुधार्दै वास्तविक भूमिपीडितलाई जग्गा दिन ऐन संशोधन भइरहेको उल्लेख गर्दै अनावश्यक हल्ला फैलाउनुको सट्टा विधेयकको सार र उद्देश्य बुझ्न आग्रह गरे।

उनले भने, "यो विधेयकमा किचलो गर्नुपर्ने ठाउँ पनि छैन। विगतमा भूमिको कारोबार गर्ने र वितरण गर्दा मानिसहरूले गलत काम पनि गरेका रहेछन्। र गलत काम भएको पनि छ। बसोबास एउटाको छ, जग्गा अर्कैको नाममा दर्ता भएको अवस्था पनि छ। यस्ता कामहरूले गर्दा यो विधेयक पनि त्यही सन्दर्भमा जोडिने त होइन भन्ने हिसाबबाट मात्रै हेरियो। यो ऐनमा के छ, कुन कुरा सुधार्न खोज्यो? र के गर्न खोज्यो भन्दा पनि हिजो यस्तो भएको थियो, यो विधेयक आएपछि पनि यस्तै हुन्छ भन्ने हल्ला भइदियो।"

मन्त्री अधिकारीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने उद्देश्यले विधेयक अघि सारिएको दोहोर्‍याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ