एसियन बक्सिङ च्याम्पियनशिपमा अप्रिल रानाको विजयी यात्रा शुरू
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १७ शनिबार
12.7k
Shares
काठमाडौँ । एसियाली बक्सिङ कन्फडरेशन (एएसबिसी) को आयोजनामा थाइल्याण्डको राजधानी बैंकक सहरमा जारी (यू–२२ र युथ) एसियाली बक्सिङ च्याम्पियनशिपमा नेपाली मुक्केवाज अप्रिल रानाले पहिलो खेलमा जित हासिल गरेका छन् ।
नेपाली मुक्केवाज रानाले ५० केजी तौलसमूहमा साउदी अरबका मुक्केवाज इब्राहिमलाई ५–० अंकको आधारमा जित हासिल गरेको बक्सिङका अन्तर्राष्ट्रिय को–ओर्डिनेटर श्यामकाजी अवालेले जनाएका छन् ।
रानाले क्वार्टरफाइनलमा भुटानी मुक्केवाजसँग प्रतिस्पर्धा गर्नेछन् । भुटानी बक्सरलाई पराजित गरेमा नेपालले अप्रिलले कम्तीमा कास्य निश्चित गर्ने छन् ।
खेलहरुमा यू– १९ को खेलमा सेरफ शेर्पा ६० केजी तौलसमूहमा फिलिपिनी मुक्केवाजसंग आरएसीसीका आधारमा पराजित भए ।
आईबिए थ्री स्टार कोच दिपक महर्जनको नेतृत्वमा ४ मुक्केवाज सहित ५ सदस्यीय नेपाली राष्ट्रिय बक्सिङ टोली जुलाई ३० मा बैकंक प्रस्थान गरेको थियो । को–ओर्डिनेटर अवालेका अनुसार प्रतियोगितामा २५ राष्ट्रका ५ सय भन्दा बढी खेलाडी सहभागी छन् ।