सांसद डा. सुनिल शर्माद्वारा बेलबारी नगर अस्पताल भवन उद्घाटन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
857
Shares
मोरङ । मोरङ जिल्ला बेलबारी नगरपालिका–१ मा सञ्चालनमा रहेको नगर अस्पताल अब बेलबारी–४ बुधबारेमा सरेको छ। शनिबार बिहान आयोजित एक कार्यक्रमबीच मोरङ क्षेत्र नं. ३ का संघीय सांसद एवं नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले अस्पतालको नयाँ भवन उद्घाटन गरेका हुन्।
अबदेखि नगर अस्पतालको सम्पूर्ण सेवा बेलबारी–१ मा नभई बेलबारी–४ बुधबारेबाट प्रदान गरिने अस्पताल प्रसाशनले जनाएको छ। आइतबारदेखि अस्पतालको सेवा नयाँ स्थानबाट औपचारिक रूपमा सुरु हुने भएको हो।
डा. शर्मा प्रतिनिधि सभाका तलब–भत्ता नलिने एकमात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्।
यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उनले जनाएका छन् ।
हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन् ।