काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान जाने क्रममा दुबई पुगेका छन्।
प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समयअनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। दुबईमा उनलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री लगायतले स्वागत गरे।
प्रधानमन्त्री ओली गएराति ११:५५ बजे दुबईका लागि उडेका थिए। उनी तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा यो सम्मेलनमा सहभागी हुन लागेका हुन्। सम्मेलन साउन २० देखि २३ गतेसम्म (अगस्ट ५ देखि ८) तुर्कमेनिस्तानको 'अवाजा' सहरमा आयोजना हुनेछ।