अक्सनमा चितवनले गर्यो सबैभन्दा धेरै खर्च, सर्वाधिक मूल्यमा चार खेलाडी अनुबन्धित
३७ खेलाडी अनुबन्धित
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
775
Shares
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी अनुबन्ध गरेका छन्। शनिबार सम्पन्न अक्सनमा १६४ खेलाडीबाट उनीहरूलाई छनोट गरिएको हो। यससँगै अब सबै टोलीमा ११–११ नेपाली खेलाडी आबद्ध भएका छन्।
सर्वाधिक मूल्यमा चार खेलाडी अनुबन्धित
अक्सनमा 'ए' श्रेणीका चार खेलाडीलाई सर्वाधिक १५ लाख रुपैयाँ मा खरिद गरिएको छ। सबैभन्दा बढी मूल्यमा अनुबन्ध हुने खेलाडीहरूमा देव खनाल (चितवन राइनोज), अर्जुन साउद (चितवन राइनोज), आदिल आलम (काठमाण्डू गोर्खाज), र पवन सर्राफ (कर्णाली याक्स) रहेका छन्। यी खेलाडीहरूलाई एकभन्दा बढी टोलीले अनुबन्ध गर्न खोजेपछि 'लक्की ड्र' मार्फत निर्णय गरिएको थियो।
यसैगरी, दिलीप नाथ, शेर मल्ल, हेमन्त धामी, सूर्य तामाङ, सन्तोष यादव, र युवराज खत्री लाई जनही १० लाख रुपैयाँ मा अनुबन्ध गरिएको छ।
टोलीहरूको खर्च र पूर्ण सूची
अक्सनमा खेलाडीमाथि सबैभन्दा धेरै खर्च चितवन राइनोज ले ३९ लाख रुपैयाँ गरेको छ भने सबैभन्दा कम खर्च पोखरा एभेन्जर्स ले ११ लाख रुपैयाँ गरेको छ।
अक्सनपछि आठवटै टोलीको पूर्ण खेलाडी सूची यस प्रकार रहेको छ:
जनकपुर बोल्ट्स: आसिफ शेख (मार्की खेलाडी), अनिलकुमार साह, शुभ कङ्साकार, किशोर महतो, ललितनारायण राजवंशी, तुलबहादुर थापामगर, रुपेश सिंह, सचिन भट्ट, आदित्य महता, मयन यादव, र विकाश आग्री।