भूमि विधेयकमाथिको छलफलमा सांसदहरुमाथि खनिए मन्त्री अधिकारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
1.9k
Shares
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी विधेयकमाथि भइरहेको छलफलका क्रममा सांसदहरूमाथि नै असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले सांसदहरूले पूर्वसहमतिबाट पछि हटेर अनावश्यक विवाद सिर्जना गर्न खोजेको आरोप लगाए।
मन्त्री अधिकारीले विधेयकका केही प्रावधानमा सांसदहरूले फेरि प्रश्न उठाएकोमा आपत्ति जनाउँदै व्यवस्थित छलफल नभएको बताए। उनले 'सिरानको विषयलाई पुछारको विषयसँग जोडेर' विवाद सिर्जना नगर्न आग्रह गरे। उनले भने, "के के कुरा गर्ने र के के कुरा नगर्ने भन्ने विषय हामीले अघिल्लो छलफलमा टुङ्गाइसकेका छौँ। त्यसैको आधारमा सरकारले प्रस्ताव ल्याएको हो।"
मन्त्री अधिकारीले विधेयकका व्यवस्थामा सैद्धान्तिक छलफलमा नै सहमति भइसकेको भन्दै, दफावार छलफलका क्रममा अब भाषागत विषयमा मात्र ध्यान दिनुपर्नेमा जोड दिए।