साउनको अन्तिम सोमबार पशुपतिसहित देशैभरका शिवालयमा भीड [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
701
Shares
तस्बिर – रासस र नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । साउन महिना भगवान् शिवको महिना मानिन्छ र सोमबार शिवजीको बार भएकाले आज साउनको अन्तिम सोमबार पशुपति लगायतका शिवालयमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भीड लागेको छ।
यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा तथा आराधना गरिन्छ । नेपालमा सौरमास अनुसार सोमबार व्रत गर्ने परम्परा छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि साउनको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू बिहानैदेखि भगवान् शिवको दर्शनका लागि लामबद्ध भएका छन् ।