arrow

एकीकृत समाजवादीकाे निर्देशन - पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्नू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
nekapa-ekikrit-samajbadi.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टी अनुशासन उल्लङ्घन हुने गरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्ट समेत नगर्न पार्टीले सो निर्देशन दिएको हो ।

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई आँच पुग्ने गरी अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा नलेख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरिएको जानकारी दिए ।

उनले भने ,“पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरकमतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न म आग्रह गर्दछु । ” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ