arrow

भिजिट भिसा प्रकरणको छानबिनका लागि न्यायिक आयोग गठन गर्न राप्रपाको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
parliament-82-4-19ww.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले भिजिट भिसा दुरुपयोग गर्ने गिरोहमाथि कारबाही गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले 'कुलिङ अफ पिरियड' को व्यवस्थामाथि छेडखानी गर्ने व्यक्तिलाई राजीनामा दिएर मात्र नपुग्ने भन्दै कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन्।

सांसद प्रधानले भिजिट भिसामा गएमा रोजगारी पाइन्छ भनेर भ्रम फैलाउने र मानव तस्करी गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन्। उनले भने कि सरकारले यो विषयमा पर्याप्त चासो नदेखाएको र गृहमन्त्रीको राजीनामासँग मात्रै यो विषयको सरोकार समाप्त नहुने बताए।

प्रधानका अनुसार, जबसम्म भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन र मुख्य तस्करहरूलाई कारबाही हुँदैन, तबसम्म राप्रपाले संसद बहिष्कार जारी राख्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ