काठमाडौँ । मधेसी महिला समाजको सीपमूलक कार्यक्रम मेहन्दी तालिम काठमाडौँमा सम्पन्न भएको छ । दुई दिनसम्म भएको तालिममा ३० जना प्रशिक्षार्थीको सक्रिय सहभागिता रहेको समाजकी अध्यक्ष कञ्चन चौधरीले बताइन् ।
दुई जना दक्ष प्रशिक्षकबाट दिइएको तालिमले सबै प्रशिक्षार्थीलाई उत्साह मिलेको चौधरीले जानकारी दिइन् ।
उनले तालिमको अन्तिममा लिइएको परीक्षामा पाँच जनाले व्यवसायिकता देखाइसकेको उल्लेख गर्दै भोलिका दिनमा व्यवसायिक भएरै अगाडि बढ्न सकिने बताइन् ।