arrow

एकीकृत समाजवादीको वरिष्ठ नेता

वामदेव गौतमलाई तेस्रो वरीयतासहित वरिष्ठ नेताको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
bamdev-11-03.jpg

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतासहित वरिष्ठ नेता को जिम्मेवारी दिएको छ। शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता प्रकाश ज्वालाले पत्रकारहरूलाई जानकारी दिँदै गौतमलाई पार्टीका सबै केन्द्रीय विभागहरू संयोजन गर्ने जिम्मेवारी पनि दिइएको बताए। नेकपा एकता राष्ट्रिय अभियानबाट एकीकृत भएका अन्य तीन जनालाई पोलिटब्युरो सदस्य र नौ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय भएको पनि उनले बताए।

प्रवक्ता ज्वालाका अनुसार, बैठकमा समसामयिक राष्ट्रिय विषय, वामपन्थी पार्टीहरूसँग भइरहेको एकताको प्रगति, र रूपन्देही ३ मा हुने उपनिर्वाचनबारे पनि छलफल भएको थियो।

यसैगरी, पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकमा सरकार असफल भएको निष्कर्ष निकालेको र समाजवादी मोर्चालाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्नेबारे छलफल भएको जानकारी पनि उनले दिए। बैठकमा नेतृ रामकुमारी झाँक्रीले पार्टीमा आत्मालोचना प्रस्ताव पेस गरेको र आगामी दिनमा यस्ता कमजोरी नगर्ने प्रतिबद्धता जनाएको पनि उनले बताए।

पार्टीको स्थायी कमिटीको बैठक भदौ २५ गते, पोलिटब्युरो बैठक भदौ २६ गते र केन्द्रीय कमिटीको पूर्ण बैठक भदौ २७ र २८ गते बस्ने पनि प्रवक्ता ज्वालाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ