arrow

नौ महिनामा चार लाख ११ हजार भन्दा बढी सिरियालीहरू टर्किएबाट फर्किए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३१ शनिबार
siria-turkeya.jpg

काठमाडौँ । अर्ध–आधिकारिक अनाडोलु एजेन्सीले टर्किएबाट फर्किएका सिरियालीहरूको संख्या २०२४ को डिसेम्बर ८ देखि कुल ४ लाख ११ हजार ६ सय ४९ रहेको बताएको छ । 

टर्किए प्रेसिडेन्सी अफ माइग्रेसन म्यानेजमेन्टको तथ्याङ्क उद्धृत गर्दै रिपोर्ट गरेको छ । अनाडोलुकाअनुसार २०१६ देखि फर्किएका सिरियालीहरूको संख्या अब ११ लाख ५१ हजार ६ सय ५२ पुगेको छ । 

यसैबीच टर्किएमा अस्थायी सुरक्षा अन्तर्गत सिरियालीहरूको संख्या हाल २५ लाख ४३ हजार ७ सय ११ रहेको छ । सन् २०११ मा गृहयुद्ध शुरु भएपछि लाखौं सिरियालीहरू आफ्नो देशबाट भागेका थिए । सिरियासँग लामो सीमाना बाँड्ने टर्किए एक प्रमुख शरणार्थी आश्रय स्थल बन्यो । 

जसले संकटको चरम सीमामा ३६ लाख भन्दा बढी सिरियालीहरूलाई आश्रय दियो । डिसेम्बर ८, २०२४ मा पूर्व सिरियाली राष्ट्रपति बसर अल–असदको अपदस्थपछि विदेशमा रहेका सिरियाली शरणार्थीहरूको ठूलो संख्याले आफ्नो मातृभूमि फर्कने यात्रा शुरू गरेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ