arrow

अरु जस्तो नबन्नु

logo
कविता गौतम,
प्रकाशित २०८२ साउन ३१ शनिबार
kabita-gautam-82-4-31.jpg

मेरी आमा भन्छिन्
छोरी तिमी अरु जस्तो नबन्नु है
तिम्रो सपना तिमी आफैँले देख्नु है
असल कर्म गर्दै आफ्नो पहिचान 
आफैँ राख्दै अघि बढ्नु है ।

छोरी तिमी फूल जस्तै फुल्नु है
तर आफ्नै रङ्गमा
तिमी हावा जस्तै बग्नु है
तर आफ्नै बाटोमा ।

थाहा छ नि तिमीलाई 
यो दुनियाँ कति स्वार्थी छ ?
यो स्वार्थी संसारमा तिमी 
अरु जस्तो स्वार्थी होइन निस्वार्थी बन्नु है
यो दुनियाँको भिडमा तिमीले
देखावटी अनुहार चिनेर अघि बढ्नु है ।

अरु जस्तो नबन है छोरी 
किनकि तिमी अरुभन्दा अनौठो र बेग्लै छौ
अरुसँग आफूलाई तुलना नगर्नु है 
किनकि तिमी अरुभन्दा निकै नै खास छौ ।

तिमी अरु जस्तो नबन है छोरी 
किनकि तिमीभित्र छ ज्योति 
अन्धकारलाई चिर्ने ।

तिमी सधैं चम्क है छोरी 
सदैव आफ्नो पथमा हिँड है छोरी
किनकि तिम्रो बाटो फरक छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ