arrow

बाँके जिल्ला अदालतमा ८० मुद्दाको मेलमिलापबाट समाधान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
banke-court.jpg

नेपालगञ्ज (बाँके)। बाँके जिल्ला अदालतमा मेलमिलाप को माध्यमबाट ८० वटा मुद्दाको टुङ्गो लागेको छ। जिल्ला अदालतका सूचना अधिकारी तीर्थराज आचार्यका अनुसार, खासगरी देवानी प्रकृतिका जस्तै लेनदेन, अंशबन्डा, सम्बन्धविच्छेद र जग्गासम्बन्धी विवादहरू मेलमिलाप केन्द्रबाट समाधान गरिएका छन्।

आर्थिक वर्ष २०८१/८२ मा अदालतमा ६,०२७ मुद्दा मेलमिलापका लागि योग्य थिए, जसमध्ये १,१८३ मुद्दा छलफलका लागि पठाइएको थियो। अहिले ९० वटा मुद्दामा मेलमिलाप हुन बाँकी रहेको आचार्यले बताए।

अधिवक्ता वसन्त गौतमले मेलमिलापको अवधारणा पीडितमैत्री हुनुपर्नेमा जोड दिए। उनले कतिपय मुद्दामा गोपनीयताको विषयलाई प्राथमिकता दिनुपर्ने र मेलमिलापकर्ताले समयको उचित व्यवस्थापन गर्नुपर्ने बताए।

बाँके जिल्ला अदालतमा १७ जना सूचीकृत मेलमिलापकर्ताहरू छन्। यस आर्थिक वर्षमा अदालतमा कुल ७,८०४ मुद्दा थिए, जसमध्ये ४,६८५ मुद्दा फर्स्योट भइसकेका छन्। फर्स्योट हुन बाँकी रहेका मुद्दामा ५३ वटा दुई वर्षभन्दा पुराना छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ