नाडा अटो शो मंगलबारदेखि, टाटाको विशेष तयारी [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
653
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको (नाडा) ले भदौ ३ गते मंगलबारबाट १७ औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्दैछ ।
भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुन लागको सो अटो शोको तयारी अन्तिम चरणमा पुगेको छ ।
यसपालिको संस्करणमा डिपलको इभिटल फ्लाइङ ट्राक्सी, रोवोटिक्स (डग रोबोट र ह्युमन रोबोट) र विभिन्न भिन्टेज कारहरूसमेत प्रदर्शनीमा राखिने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए ।
१७ औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे सवारीका र अटो पाट्स्र्, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा ३५ वटा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
टाटा मोटर्सको स्टल ए४
काठमाडौँ। टाटा.ईभीको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग प्रालि यस पटक विशेष तयारीसहित सहभागी हुँदैछ। स्टल ए४मा अवस्थित टाटाको डिस्प्लेमा टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीजस्ता लोकप्रिय विद्युतीय गाडीहरू प्रदर्शन हुनेछन्।
प्रदर्शनी अवधिभर टाटाले एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना र विशेष उपहारहरू उपलब्ध गराउनेछ। २०२५ टियागो.इभीमा समुच्च सुरक्षाको लागि दुइटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, र हिल होल्ड कन्ट्रोलको व्यवस्था गरिएको पाइन्छ। कूल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल, र अटोमेटिक एक्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरूले एक विल्कुलै आरामदायी यात्राको अनुभव प्रदान गर्छ।
यसैगरी, पन्च इभीमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा र लेदर रेटेड भेन्टिलेटेड सिटसहितका विशेषताहरू रहेका छन्। साथै, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन्। यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले (बीएनसीएपी) मा ५ स्टार सेफ्टी रेटिङ पाएको बताइएको छ।
साथै, टाटा नेक्सन के३ इभीमा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६०–डिग्री क्यामेरा, १२–इन्च टचस्क्रिन जस्ता विशेषताहरू रहेका छन् । यसले नेपाली भौगोलिक अवस्था अनुरूप सहज यात्रा दिने विश्वास गरिएको छ।
यसैगरी, कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ। ५०० लिटरको बुटस्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिनेछ। यसमा एडिएएस लेभल २ को क्षमता रहेको छ, जसमा ६ वटा एयरब्याग, अल–ह्वील डिस्कब्रेक, अटोहोल्ड, हिलस्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ–भीबीएससहितको इएसपी रहेको कर्भ.ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ। गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टच स्क्रिन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस–असिस्टेड पानोरामिक सनरूफ, एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिटजस्ता विशेषताहरू छन्।
अटोप्रेमीहरूलाई प्रदर्शनीमै प्रत्यक्ष अवलोकन गर्ने र तत्काल बुकिङ गर्ने अवसर हुनेछ। नाडा अटो शो २०२५ मा टाटाको स्टल अनुभव गर्ने प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने यो नाडा अटो शो २०२५ प्रदर्शनीले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिक तन्त्रलाई एकै छानामुनि ल्याउनेछ।