arrow

खोटाङमा डेंगी नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
dengue--ji-ha.jpeg

खोटाङ। खोटाङमा डेंगी संक्रमण बढ्न थालेपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ। पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका १२ जना बिरामीमा डेंगी पुष्टि भएपछि नियन्त्रणका लागि यो कदम चालिएको हो।

अभियानको पहिलो दिन सोमबार दिक्तेल बजारका ग्यारेज र विभिन्न चोकमा लामखुट्टेको लार्भा खोज्दै नष्ट गरिएको छ। दिक्तेलस्थित अस्पताल चोकबाट सुरु भएको अभियानमा जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

अभियानका क्रममा स्थानीय बासिन्दा र व्यवसायीलाई डेंगीको लक्षण, सर्ने तरिका र बच्ने उपायबारे जानकारी दिइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईंले बताए। उनले लामखुट्टे फैलिन नदिनु नै यसको उत्तम उपाय भएको भन्दै जिल्लाभर अभियान सञ्चालन गर्न सबै स्थानीय तहलाई पत्राचार गरिएको जानकारी दिए।

यसैबीच, जिल्लामा १४ जनामा स्क्रबटाइफसका बिरामी पनि भेटिएका छन्। दुई-दुई जना डेंगी र स्क्रबटाइफसका बिरामीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रुपेश सङ्ग्रौलाका अनुसार, अहिले दैनिक १५० देखि २०० जना बिरामी उपचारका लागि आउने गरेका छन्, तर अस्पतालमा उपकरण र शय्याको अभावले समस्या भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ