नेपाली राजनीतिमा निर्लज्ज र अराजक जमात कहिल्यै देखेको थिइनँ: प्रधानमन्त्री ओली
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
857
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिमा 'सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो' भन्ने निर्दय र अराजक जमात कहिल्यै नदेखेको बताएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।
राष्ट्रिय सूचना आयोगद्वारा आयोजित १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठगीको आरोपमा प्रहरीले मुद्दा चलाएको र अदालतले कारागार पठाएको व्यक्तिलाई पनि ‘गल्ती भयो’ भन्दै जयजयकार गर्ने जमात देख्दा आफूलाई अचम्म लागेको बताए। उनले कारागारमा अरू बन्दीभन्दा छुट्टै कोठामा एसी र कुलरको सुविधासहित राखिएको भए पनि ‘वातावरण भएन’ भन्ने गरिएको टिप्पणी गरे।
ओलीले आफू प्रधानमन्त्री भएपछि ‘वितण्डा’लाई शान्त बनाउने काम गर्दा पनि आगो झोस्ने काम भइरहेको आरोप लगाए। उनले भने, “नेपालको राजनीतिमा यति साह्रो सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो भन्ने निर्लज्ज जमात यस्तो अराजक जमात कहिले पनि देखेको थिइनँ।”
यसका साथै, प्रधानमन्त्री ओलीले यस अवधिमा नेपालले असाधारण प्रगति गरेको र अविकसित मुलुकबाट विकासशील मुलुकमा प्रवेश गरिरहेको दाबी गरे।