काठमाडाैँ। नेपाली बजारमा सुनको भाउ दुई दिनमै तोलामा दुई हजार आठ सय रुपैयाँ घटेको छ ।
सोमबार प्रतितोला एक लाख ९६ हजार तीन सय रुपैयाँ रहेको छापावाला सुनको भाउ आज बुधबार एक लाख ९३ हजार पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सुनको भाउ सोमबारको तुलनामा मंगलबार तोलामा एक हजार दुई सय र आज मंगलबार दुई हजार आठ सय रुपैयाँ घटेको हो । सुनको भाउ सोमबारको तुलनामा मंगलबार एक हजार छ सय रुपैयाँले घटेको हो ।
यता, आज असली चाँदीको भाउ ह्वात्तै घटेको छ । मंगलबार प्रतितोला दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदीको आउ आज तोलामा ४५ रुपैयाँ घटेर दुई हजार दुई सय ५५ रुपैयाँ कायम भएको छ ।