भक्तपुरमा पञ्चदान पर्व मनाइँदै, दीपङ्कर बुद्धको पूजाअर्चना
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
688
Shares
भादगाउँ। बौद्ध धर्मावलम्बीहरूले आज भाद्र कृष्ण त्रयोदशीका दिन पञ्चराँ (पञ्चदान) पर्व मनाउँदै छन्। यस पर्वमा विशेष गरी दीपङ्कर बुद्धको पूजाअर्चना गरिन्छ।
भक्तपुरमा दीपङ्कर बुद्धका पाँच स्वरूपहरूलाई सूर्यमढीस्थित डबलीमा राखेर पूजा गर्ने प्रचलन छ। ती पाँच स्वरूपहरू हुन्: प्रशन्नशील महाविहार, चर्तुब्रह्म महाविहार, मङ्गलधर्म दीप महाविहार, जयकीर्ति महाविहार र बौद्ध समकृत विहारका दीपङ्कर बुद्ध।
सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारीद्वारा पञ्चदान प्रारम्भ गरेपछि यी पाँच दीपङ्कर बुद्धका प्रतिमाहरूलाई बाजागाजा र स्तोत्रपाठका साथ नगर परिक्रमा गराइन्छ। केही दशकयता भक्तपुरमा यो पर्व बौद्ध धर्मावलम्बीबाहेक अन्य नेवार समुदायले पनि मनाउन थालेका छन्।