arrow

गोकर्णे औँसी, गोकर्णेश्वर मन्दिरमा पितृ कार्यका लागि भीड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ७ शनिबार
gokarna-shraddhe-82-5-7yy.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्ष भरि प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।

यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरेर सिदा दान दिने प्रचलन रहेको छ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। 

यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको बिहानैदेखि भीड लागेको छ ।

 

gokarna-shraddhe-82-5-7 (4).jpg
gokarna-shraddhe-82-5-7 (5).jpg
gokarna-shraddhe-82-5-7 (6).jpg
gokarna-shraddhe-82-5-7 (7).jpg
gokarna-shraddhe-82-5-7 (8).jpg
gokarna-shraddhe-82-5-7 (9).jpg
gokarna-shraddhe-82-5-7 (10).jpg
gokarna-shraddhe-82-5-7 (11).jpg
gokarna-shraddhe-82-5-7 (12).jpg
gokarna-shraddhe-82-5-7 (13).jpg
gokarna-shraddhe-82-5-7 (14).jpg
gokarna-shraddhe-82-5-7 (15).jpg
gokarna-shraddhe-82-5-7 (16).jpg
gokarna-shraddhe-82-5-7 (1).jpg
gokarna-shraddhe-82-5-7 (2).jpg
gokarna-shraddhe-82-5-7 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ