arrow

मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
accident-birganj.jpg

हेडौँडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगरमा शनिबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु र एक जना घाइते भएका छन् । 

रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र०२–०४५प ५५९७ नंको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र०३-००५प९०६९ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । बा प्र ०३-००५प ९०६९ नंको मोटरसाइकल ना७ख ५०१० नंको बसमा समेत ठोक्किएको थियो । 

दुर्घटनामा प९०६९ नंको मोटरसाइकल पछाडि सवार पर्साको वीरगञ्ज महानगरपालिका-१३ मुर्ली निवासी ४३ वर्षीया कविता जोशी श्रेष्ठको र ४८ वर्षीय प्रवीण श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । दुवै जना श्रीमान् श्रीमतीको हुन् । 

दुर्घटनामा परी गम्भीर कविताको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रवीणको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ