arrow

आईसीयूमा विक्रमासिङ्घे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
bikramasinge.JPG

काठमाडौँ । विदेशी भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा सुरक्षा नियन्त्रणमा लिइएका श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घेलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि शनिबार सरकारी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ।

कोलम्बो नेशनल हस्पिटलका उपमहानिर्देशक रुक्शान बेलानाले एएफपीसँग कुरा गर्दै विक्रमासिङ्घेमा 'डिहाइड्रेसन' को समस्या देखिएको र उनलाई चिकित्सकको निरन्तर निगरानीमा राखेर उपचार गर्नुपर्ने भएकाले आईसीयूमा सारिएको बताए। उनलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या छ। चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर छ।

कारागार प्रवक्ताका अनुसार, जेलमा रहेका ७६ वर्षीय विक्रमासिङ्घेको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई श्रीलंकाको मुख्य सरकारी अस्पतालमा लगिएको हो। उनलाई भेट्न पुगेका विपक्षी सांसदहरूले उनको स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्।

यसअघि, विपक्षी दलहरूले विक्रमासिङ्घेलाई फेरि सत्तामा फर्कन सक्ने डरले सरकारले हिरासतमा लिएको आरोप लगाएका थिए। विक्रमासिङ्घे गत सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावमा अनुरा कुमारा दिसानायकेसँग पराजित भएका थिए।

सन् २०२२ मा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलंकामा भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत उनलाई शुक्रबार पक्राउ गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ