arrow

सेनाको कारबाहीमा इजरायलनिकट लडाकु’ मारिएको इरानको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
israel-iran-attack-24.jpg

काठमाडौँ । इरानको दक्षिणपूर्वी क्षेत्र सिस्तान-बलुचिस्तान प्रान्तमा इरानी सेनाले गरेको कारबाहीमा छ जना ‘इजरायलनिकट लडाकू’ मारिएको इरानी सरकारी सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

इरानी सरकारी समाचार संस्था इरनाले गुप्तचर सेवाको एक विज्ञप्तिलाई उद्धृत गर्दै जनाएअनुसार, आतङ्ककारीसँग भएको सशस्त्र झडपका क्रममा ती लडाकूहरू मारिएका हुन् भने अन्य दुई जनालाई पक्राउ गरिएको छ। यद्यपि, यो कारबाही कहिले भएको हो भन्नेबारे कुनै जानकारी दिइएको छैन।

इरनाले मारिएका लडाकूहरूको समूहसँग ‘यहूदी प्रकृति’ लाई सङ्केत गर्ने ‘कागजातहरू’ फेला परेको बताएको छ। साथै, उनीहरूले इरानको पूर्वमा रहेको ‘महत्त्वपूर्ण’ सरकारी सुविधामा आक्रमण गर्ने योजना बनाएको दाबी गरिएको छ। उक्त झडपमा दुई गुप्तचर अधिकारी र एक प्रहरी अधिकारी घाइते भएका छन्।

पाकिस्तान र अफगानिस्तानसँग सीमा जोडिएको सिस्तान-बलुचिस्तान प्रान्त लामो समयदेखि सुरक्षा बल र सशस्त्र समूहहरूबीचको झडपको केन्द्र बन्दै आएको छ। गत शुक्रबार सुन्नी जिहादी समूह जैश अल-अदल ले गरेको आक्रमणमा पाँच जना प्रहरी अधिकारीको मृत्यु भएको थियो। त्यसको केही दिनपछि नै इरानी सुरक्षा बलले अर्को जिहादी समूह अन्सार अल फुरकान का सात जना सदस्यलाई पनि सोही प्रान्तमा मारेको थियो।

शिया बाहुल्य इरानको सबैभन्दा गरिबमध्ये एक मानिने यो प्रान्तमा ठूलो सङ्ख्यामा सुन्नी मुस्लिम बलुच अल्पसङ्ख्यकहरू बसोबास गर्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ