arrow

मोटरसाइकल दुर्घटनामा शान्तिनगरका खत्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
bishnu-khatri.jpg

पोखरा । तनहुँमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं ७ शान्तिनगरका विष्णु खत्री छन् ।

यही भदौ ६ गते बिहीबार दुर्घटनामा परेका खत्रीको उचारका क्रममा आइतबार बिहान काठमाडौँमा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौँडास्थित बन्केवाचोकमा खत्री सवार ग.९प ३९९२ नम्बरको मोटरसाइकललाई ग३च ३१९ नम्बरको जीपले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार घाइते खत्रीलाई जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि पोखरा ल्याइएको थियो । 

त्यसपछि उनलाई काठमाडौँ रेफर गरिएको थियो । उनको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ