arrow

तीज

बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
teej-pashupati.jpg

काठमाडौँ । हरितालिका (तीज) पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको सहजताका लागि मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएका छन्। पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीका अनुसार, दर्शनार्थीहरूलाई सहज रूपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि यो निर्णय गरिएको हो।

कोषले सुरक्षा, स्वयंसेवा, प्रसाद वितरण, दर्शनमार्गको सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, र आकस्मिक स्वास्थ्य सेवासहितका सबै आवश्यक प्रबन्ध मिलाएको छ। मन्दिर प्रवेशका लागि पशुपति क्षेत्रको बाहिरी भागमा चारवटा लामको व्यवस्था गरिएको छ। ती लामहरू गौरीघाट, मित्रपार्क, पिङ्गलास्थान, र तिलगङ्गा क्षेत्रबाट सुरु हुनेछन्। मन्दिरभित्र भने आठवटा लामको व्यवस्था गरिएको छ।

दर्शनार्थीहरूले छिटो दर्शन गरी फर्कन सक्नेगरी व्यवस्था मिलाइएको र श्रीयन्त्र पूजाको समयमा समेत जाली राखेर बाहिरबाटै दर्शन गर्न सकिने कोषले जनाएको छ। कोषले बहुमूल्य गरगहना र बालबालिकालाई साथमा लिएर मन्दिर नआउन पनि भक्तजनहरूलाई अनुरोध गरेको छ। मन्दिर दर्शनका लागि कुनै पनि पासको व्यवस्था नगरिएको कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ