arrow

सूर्यविनायक गणेश मन्दिरमा खटजात्रा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
Suryabinayak_Nagarpalika.png

भक्तपुर। गणेश जन्मोत्सव (गणेश चतुर्थी) को अवसरमा आज बिहानैदेखि भक्तपुरको सूर्यविनायक गणेश मन्दिरमा सूर्यविनायक गणेश खटजात्रा शुरु भएको छ।

सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतका अनुसार, यस वर्ष हजारौं स्थानीयको सहभागितामा सिन्दुर खेल्दै खटजात्रा मनाइँदैछ। वर्षौंअघि आर्थिक स्रोतको अभावमा रोकिएको यो जात्रा विगत तीन वर्षदेखि पुनः शुरु गरिएको हो।

जात्राको मार्ग
जात्राका लागि गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गराइएको छ। बाजागाजाका साथ रथलाई विभिन्न टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिनेछ।

पश्चिम: राजथला टोलसम्म. पूर्व: चालिसे गाउँ, गहनादेवी मन्दिरसम्म,उत्तर: सूर्यविनायक चोक, अरनिको राजमार्गसम्मजात्रामा सयौं महिला तथा पुरुषको सहभागिता रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ