पोखरा । पोखराको फेवातालमा खसेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । मंगलबार बिहान फेवातालमा खसेकी मकवानपुर घर भई हाल पोखरा महानगरपालिका वडा नं ६ लेकसाइड बस्दै आएकी ४५ वर्षीया हीरा नेगीकाे सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गौरीघाटस्थित फेवातालको डिलबाट खसेकी उनी फेवातालमा रहेको काठको मुढामा अड्किएकी थिइन् ।
त्यसपछि उनी चिच्याएकी थिइन् । सूचना पाउने वित्तिकै वडा प्रहरी कार्यालय बैदामबाट टोली खटिएर डुंगाको सहायताले नेगीको उद्धार गरिएको हो ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचार भइरहेको प्रहरीले जनाएको छ ।