arrow

लेखनाथ उद्योग वाणिज्य संघमा निर्वाचन, सम्भावनाको खोजी गर्न चन्द्र ढकाल आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २१ शनिबार
rajendra-januka-lcci.jpg

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभामा नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान निर्वाचन भइरहेको भएको छ । संघको १९औं साधारण सभा तथा १५औं अधिवेशनअन्तर्गत आज बिहान ७ बजेदेखि भएको निर्वाचनले नयाँ नेतृत्व चयन गर्नका लागि विभिन्न पदका ३७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

संघको नयाँ नेतृत्वका लागि दुई समूहले छुट्टाछुट्टै उम्मेद्वारी दर्ता गराएका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका पराजुली अधिकारीले निर्वाचन हुने १९ पदका लागि आआफ्नो टिमबाट उम्मेद्वारी दर्ता गराएका हुन् ।

यता उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जे चिजको सम्भावना छ सोही चिजको खोजी गरी आर्थिक उपार्जनतर्फ लाग्न व्यवसायीलाई आग्रह गरेका छन् । 

साधारण सभा एवं १५औं महाधिवेशन शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले नेपाल गर्दै निजी क्षेत्रको लगानीबाट मात्रै आर्थिक गतिविधि चलायमान हुने धारणा राखे ।

वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पार्दै उनले निष्ठा, इमानदारी र सकारात्मक दृष्टिकोणले मात्र आर्थिक रूपान्तरण सम्भव रहेको स्पष्ट पारे । औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले सूचना प्रविधि र सीपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठले बन्द रहेका उद्योगलाई चलायमान गराउनुपर्ने धारणा राखे । उनले केन्द्रीय स्तरबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने, विदेशी पलायन र युवाशक्ति विदेशिने समस्याको समाधानका लागि रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए ।

उनले लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभाहलको आवश्यकता रहेको धारणा राख्दै पर्यटनको प्रचुर संभावना बोकेको लेखनाथ क्षेत्रमा केन्द्रीय सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लेखनाथ धेरै संभावना भएको क्षेत्र भएकाले आर्थिक र रोजगारी वृद्धिका लागि स्थानीय मागलाई आधार मानी आयातलाई विस्थापित गर्ने कार्ययोजना अनुसार अघि बढ्न सुझाव दिइन्।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरे भने सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ